६ किलो नुन बेच्न बसेको छ पोखरा साल्ट ट्रेडिङ्ग

पाेखरा | असोज १२, २०७९

६ किलो नुन बेच्न बसेको छ पोखरा साल्ट ट्रेडिङ्ग

पोखरा : दशैंमा सुपथ मूल्यको पसल चलाउनुपर्ने साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेड गण्डकी प्रदेश कार्यालय, पोखरा ६ केजी नुन बेच्न बसेको छ ।

 

नेपालीहरुको महानचाड दशैं तिहार र छठ पर्वलाई लक्षित गर्दै हरेक वर्ष सञ्चालन हुने सुपथ मूल्य पसल सञ्चालन गरेर नुन चिनी बिक्री गर्ने गरेपनि  यो वर्ष भने नुन बेच्न बसेको छ पोखरा कार्यालय । 


कार्यालय परिसरमा नुन फिँजाएर बसेको साल्ट ट्रेडिङ्गसँग आम जनतालाई राहतस्वरुप बेच्न अरु केहि पनि छैन ।    


 
प्रदेश कार्यालयमा यो वर्ष चिनी आयात नहुँदा एक व्यक्तिले प्रतिकेजी १८ रुपैयाँमा ६ केजी मात्र नुन किन्न पाउने कार्यालय प्रमुख वासुदेव उपाध्यायले बताए । 

 

सरकारले यो वर्ष प्रशस्त चिनी आयात नगर्दा कर्पोरेशनमा चिनी नभएकाले यो वर्ष सुपथ पसल सञ्चालन नहुने संकेत दिए । ‘कोरोना भन्दा अगाडी सुपथ मूल्य पसल सञ्चालन गरिएको हो’ उनले भने ‘नेपालीहरुको महानचाड दशैं तिहार र छठलाई लक्षित गरेर पसल सञ्चालन गरिए पनि अहिले चिनी आयात नहुँदा पसल सञ्चालन गर्न कुनै निर्देशन आएको छैन ।’

 

‘कार्यालयको गेटमा आएर सुपथ पसल सञ्चालन हुन्छ कि हुँदैन् ? भनेर उपभोक्ताहरु आउने गरेका छन्’  उनले भने ‘यो वर्ष चिनी आयात नभएकाले पसल सञ्चालन नभए पनि उपभोक्ता आए एक व्यक्तिलाई ६ केजी नुन बिक्री गर्न सक्छौं ।’

 

कर्पाेरेशनले चाडपर्वलाई लक्षित गर्दै विगतका वर्षहरुमा एक व्यक्तिलाई ३ केजी नुन र ३ केजी चिनी सुपथ मूल्यमा बिक्री गर्दै आएको थियो । 

 

कर्पोरेशनले विगतका वर्षहरुमा चामल, गेडागुडी,नुन, तेल, चिनी, साबुन लगायत दैनिक उपभोग्य बस्तुहरु विक्री गर्दै आएको र अहिले बजारमा नै प्रशस्त पाइने भएकाले नुन र चिनी विक्री गर्ने गरेपनि यो वर्ष नुन मात्र विक्री गरेको हो । 

 

जव दशैं तिहार चाड नजिक नजिक आउँछ आम उपभोक्ताहरुको सुपथ मूल्य पसलमा लामो लस्करसँगै व्यस्त देखिने कर्मचारीहरु यो वर्ष भने आरामदायी देखिएका छन् । 

 

कर्पोरेशनमा ५० केजी बोराको आयोनुनको मूल्य ९ सय २५ र ४५ केजी ढिकी नुनको एक बोरालाई ६सय रुपैयाँ मूल्य तोकेको छ । कर्पाेरेशनमा नुनसँगै । किसानलाई आवश्यक पर्ने रासायनिक मलहरु समेत विक्री गर्दै आएको छ । 


 

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्

काठमाडौँ-   प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।   बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।   सङ्घ...

थप पढ्नुहोस्